Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

दुई महिना नपुग्दै सरुवा

मेरो कर्णाली
बाँके बैशाख २३ गते ।

बाँके जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलको दुई महिना नपुग्दै सरुवा भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा हाजिर भएको दुई महिना नपुग्दै प्याकुरेलको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासनमा बाँकेमासरुवा भएको हो । बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरि प्रशासनमा अव्वल अुभवन भएका कारण नेपालगञ्जमा कोरोना संक्रमण समुदायमा फैलिएको अवस्थामा सरुवा भएपछि बिशेष रुपमा हेरिएको छ । यस अघि बाँके जिल्लामा साहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरेका प्याकुरेले यो पटक भने सरकारले गरेको लकडाउनको पुर्ण रुपमा पालना गराँउन र कोरोना भाइरस संक्रमण फैलिन बाट बच्च महत्वपुर्ण भुमिका खेल्ने बिश्वास लिएको बताइएको छ ।