Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

२०७६ काे मिस्टर र मिस माेडर्न सर्वाेच्च र टिसा बिजयी

बेस्ट नेपालभाषा फिमेल माेडल २०१८ शाेभा महर्जनकाे प्रमुख अातिथ्यता, लुम्बिनी कपिलवस्तु विश्व अभियानका विश्व संयाेजक रामकुमार श्रेष्ठ, मर्निङ ग्लाेरी इन्टरनेटमन्टका अध्यक्ष माेहना क्षेत्री खनालकाे बिशेष अातिथ्यता, “बुद्ध नेपालमा जन्मेको हाे” लेखिएकाे व्यानर लिई सफल सगरमाथा अाराेहन गर्नुभएका छाेकी शेर्पा, माेडर्न स्कुल कलेजका सल्लाहकार तथा माेटिभेस्नल स्पिकर रविन कटवाल, मिस टिन नेपाल २०१५ राेजी गिरी, नेपाल अाइडल टप सिक्स पवन गिरी, टप सेभेन प्रमिला राई, भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष कपिल कस्पाल, सचिव अल्बट बज्राचार्य, काेषाध्यक्ष राेसन धाैबडेल, सदस्य मानसराजकाे अातिथ्ता र माेडर्न स्कुल र कलेजका संस्थापक अध्यक्ष बाबुकाजि कसपालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा यस वर्षका मिस्टर माेडर्न सर्वाेच्च बस्नेत, मिस माेडर्न टिसा श्रेष्ठ, मिस्टर माेडर्न ट्यालेन्ट अनिस बुढाथोकी, मिस माेडर्न ट्यालेन्ट सफलता कार्की, मिस्टर माेडर्न पर्सनालीटी जय काेइराला र मिस माेडर्न पर्सनालीटी यूनिसा राउत बिजयी हुन सफल भएका छन् । यसैगरी अन्य विभिन्न विधा अन्तर्गत सर्वाेत्कृत गायनमा उपासना कटेल, कवितामा नाेजाेमी लुइँटेल, नृत्य र पव्लिक च्वाइस फिमेलमा लसता मानन्धर र मेलमा सर्वाेच्चले टाइटल हात पारेका छन् । करिव २०० बिद्यार्थीहरूबाट अडिसन लिइ विभिन्न राउन्डहरू पार गरि मंसिर ६ गते भएको अन्तिम बीस प्रतिस्पर्धाीमा सुगम दाहाल, समीर कार्की, सुशान्त कार्की, एच एच बराइली, सुमन घतानी, साहिल गिरी, दिवस बस्नेत, सलाेनी गुमाञ्जू, नम्रता कार्की, कृषा भट्टराई र सुप्रिया श्रेष्ठ पर्न सफल भएका थिए । कार्यक्रमकाे काेरियाेग्राफी किरण श्रेष्ठले गर्नुभएको थियो भने निर्णायक मण्डलमा नृत्य निर्देशक समीर शंखदेव, गायक तथा संगीतकार क्षितिज कुलुङ, रेडियो प्रस्ताेता र प्रशिक्षक किरण सुवाल र रेडियो प्रस्ताेता तथा कमेडियन निशान्त कटुवाल हुनुहुन्थ्यो ।