Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

पूजा सुनुवारको दोस्रो एल्बम रहर सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका पूजा सुनुवारको ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । साङ्गीतिक एल्बम ‘रहर’ सार्वजनिक समारोहमा सो भिडियो सार्वजनिक गरिएको हो । डस म्युजिक प्रालिको प्रस्तुति रहेको सो एल्बम प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले आज सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि शेषले संगीत उद्योगका वर्तमान चुनौती र सम्भावना पक्ष बारे आफ्ना विचार राख्नुभएको थियो । उहाँले डिजिटल प्रविधिको विकाससँगै नेपाली गीतसंगीत विश्वव्यापी भएकामा खुशी व्यक्त गर्नुभयो । पहिला अडियो क्यासेटको सीमित बजार हुन्थ्यो, अहिले डिजिटल बजारमा नेपाली संगीतले विश्व ढाक्न थालेको हुँदा नेपाली गायक, संगीतकार, लेखक तथा प्रड्युसरहरूले धैर्य गर्नुपर्ने भन्दै अब नेपाली रुपियाँ होइन डलर कमाउने जमाना आएको बताउनुभयो । विशिष्ट अतिथि, संगीत उद्योग संघका अध्यक्ष सूर्यवहादुर एक्चै मगर र सुनुवार सेवा समाजका केन्द्रिय अध्यक्ष रणवीर सुनुवारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गायिका पूजा सुनुवारले आफ्नो मन्तव्य प्रस्तुत गर्दै लगानी फिर्ता नहुने जमानामा संगीतमा लगानी गर्दा आपूmलाई दर्शकस्रोताले मूर्ख पो भन्ने हुन् कि भन्ने शंका लागेको तर नेपाली सङ्गीतलाई नेपाली स्रोतादर्शकले अत्यधिक मनपराइदिएर कलाकारको हौसला बढाइदिनेमा आपूm विश्वस्त रहेको बनाउनुभयो । सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन् । अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय रहेको छ । चर्चित संगीतकार दीपक शर्माको शब्द र संगीत रहेको सो गीतमा डेबिड शंकरको मेल भोकल रहेको छ । २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनीक गरेर नेपाली साङ्गीतमा प्रथम पाइला हाल्नुभएको पूजाको यो दोस्रो एकल साङ्गीतिक एल्बम हो । वहाँले नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा आफ्नो आवाज भर्नुभएको छ । डस म्युजिकका सञ्चालक एवम् चर्चित गीतकार डिपी खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चर्चित गायक एवम् युवा सङ्गीतकार शङ्कर थापा स्माइलले पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए !

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।