Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

पूरा भयो मिस नेपाल श्रृंखलाको सपना

भक्तपुर । मिस नेपाल श्रृंखला खतिवडाको सपना पूरा भएको छ । आफनो गृह जिल्ला मकवानपुरको स्वास्थ्य चौकी निर्माण गर्ने उनको इच्छाले साकार रुप लिएको हो । उनको अगुवाईमा प्रदेश नं ३ मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ ताम्लाङमा ङिगो स्वास्थ्य चौकी भबन निर्माण पूरा भएको हो । इटाको विकल्पमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको सहयोगमा भबन निर्माण पूरा भएको हो । इको प्यानलले भबन निर्माणका लागि आवश्यक इको प्यानल सहयोग गरेको हो । स्वास्थ्य चौकी भबनको उदघाटन एक समारोहवीच संघीय साँंसद विरोध खतिवडाले गरे । कार्यक्रममा मिस नेपाल श्रंखलासहित प्रदेश सभा सदस्य ओमबहादुर घलान, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भवतती पुडासैनी, हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा लगायले खुशी व्यक्त गरेका थिए ।