Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपा र कांग्रेसको उम्मेदवार टुंगो

सिन्धुपाल्चोक ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ को वडाध्यक्षको उम्मेदवार टुंगो लगाएका छन्। निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ,

नेकपाले केदारनाथ आचार्य र कांग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। गाउँपालिका स्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्य समितिलाई बुझाइएको छ। उक्त वडामा नेकपा र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने आकलन छ।

उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन्।

यसअघि सो वडामा कांग्रेसविजयी भएको थियो। निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तीन सय ६४ मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले तीन सय ५५ मत ल्याएका थिए भने एमालेका सम्पूर्ण तामाङले दुई सय २१ र राप्रपाका पूर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए।

श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजित भएका थिए। उनै आचार्यलाई अहिले पनि उम्मेदवार अघि सारिएको हो।