Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । सोमबार नियुक्ति पाएका ७ वटै प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलाबार बिहान राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखले सपथ लिएका हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवरालगायतको उपस्थिति थियो ।

अघिल्लो सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुखलाई आइतबार पदमुक्त गरेको सरकारले सबै प्रदेशमा सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

मन्त्रिपरिषदको सिफरिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रमुख नियुक्त गरेकी हुन् । जसमा प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त रहेका छन् ।