Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

बनेपामा डम्पिङ साईडकाे बिराेध गर्दा स्थानिय र प्रहरी बिच झडप, ७ घाईते

काभ्रे बनेपा । नगरपालिकाले विकल्पको रुपमा फाेहाेर व्यवस्थापन गर्न स्थापना गर्न लागेकाे डम्पिङ साईडकाे विराेध गर्न अान्दाेलनमा सडकमा उत्रिएका स्थानिय माथि बल प्रयाेग गरेकाे छ । झडपमा ७ जान घाईते भएका छन् । घाईते हुनेमा वडा नं ९ का स्थानिय दिपक थापा, रामप्रसाद पाैडेल, मैन खत्रि, सारदा बजगांई, सावित्री थापा, भिमसेन थापा र सावित्री तिमल्सिना रहेका छन् । घाईतेकाे शिर मेमाेरियल अस्पताल बनेपामा उपचार भैरहेकाे छ । घाईते मध्ये २ जनालाई ठिमी अस्पताल उपचारकाे लागि लगिएकाे छ । केही दिन अघि मात्र नगरपालिकाले उक्त स्थानमा फाेहाेर फाल्न सर्वदिलिय निर्णय गराएकाे थियाे । जसमा स्थानियले असहमति जनाएका थिए सामाजिक र वातावरण मुल्यांकन बिना फाेहाेर फाल्न नदिने भन्दै स्थानिय अान्दाेलनमा उत्रिएका हुन् । नगरपालिकाले केही समय अगाडि मात्र डम्पिङ साईडकाे लागि भनेर वडा नं १२ चतुरेमा जग्गा खरिद गरेकाे थियाे । स्थानियले त्यहाँ विराेध गरेपछि नगरपालिका काे ध्यान वडा नं ९ काे कृषि फार्म काे लागि भनेर छुट्टाईएकाे जग्गामा गएकाे हाे । मेयरले भाेट बिग्रने डरले फाेहाेरकाे लागि छुट्टयाईएकाे ठाउँमा नलगेर अाफ्नाे ठाउंमा फाेहाेर फाल्ने डम्पिङ साईड बनाउन खाेज्नुले स्थानियकाे जनजिवनमाथि खेलवाड र राजनैतिक प्रतिशाेध सांध्न खाेजेकाे बताएका छन् । मेयरले राजनैतिक प्रतिशाेध सांध्न उक्त स्थानमा सहमतिनै नभई बल प्रयाेग गरेकाे स्थानियकाे अाराेप छ । पर्यटकिय गन्तव्य बनाउन लागि परेका स्थानियले डम्पिङ साईड घर अगाडि अाउन लागेकाे देखेर छक्क परेकाे बताए ।

प्रेस बिज्ञप्ति सहित

हाल उक्त स्थान नजिकै अन्तर्राष्ट्रिय कला केन्द्र स्थापना गर्नकाे लागि काम भैरहेकाे छ । नगरपालिकाले फाेहाेर फाल्न दिए विकासकाे काम गर्ने प्रलाेभन देखाएकाे छ याे बनेपाकाे सुन्दर ठाउँ मध्ये एक हाे याे अाफैंमा विकासकाे गतिमा छ लड्डु देखाउनु पर्दैन स्थानियले भने । स्थानियले चरणबद्द अान्दाेलनकाे घाेषणाकाे तयारि गरेका छन् । वडा नं १२ का वडा अध्यक्ष शेरबहादुर सुवालले स्थानियकाे सहमति बिना फाेहर फाल्न नदिने बताए । सुवाल कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन भने मेयर लक्ष्मि नरसिंह बादे तत्कालिन एमाले बाट निर्वाचित भएका हुन् । नगरपालिकाले फाेहाेरमैला व्यवस्थापन काे लागि खरिद गरेकाे वडा नं १२ मा पनि तत्कालिन एमालेबाट निर्बाचित वडा अध्यक्ष रहेका छन् । फाेहाेर व्यवस्थापन कै लागि भनेर जनताकाे कर बाट जग्गा वडा नं १२ मा किनिनु र अहिले फाेहाेर व्यवस्थापन गर्न पुर्व निर्धारित ठाऊ छाेडेर वडा नं ९ तिर लगेर गरिन खाेज्नुलाई मेयरकाे बडाे राेचक खेलकाे रुपमा हेरेका छन् ।