Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

भूतपूर्व गोर्खा सैनिकको बृहत सम्मेलन आजबाट काठमाडौंमा सुरु

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकका समस्याबारे राष्ट्रिय स्तरको बहस गर्ने उदेश्यले दुई दिने बृहत सम्मेलन आज सुरु हुँदैछ । काठमाडौंको एक होटलमा सुरु हुने सम्मेलनमा विभिन्न ५ वटा कार्यपत्रमाथि छलफल हुने छ । ब्रिटिस गोर्खा संयुक्त संर्घष समितिले बौद्धिक, कूटनीतिक र रणनीतिक आन्दोलनको एउटा चरणको रुपमा सम्मेलनको आयोजना गरेको जनाएको छ । सम्मेलनमा ६ जना पूर्व प्रधानमन्त्रीहरुलाई आमन्त्रण गरिएको छ ।
विभिन्न कालखण्डमा ८ लाख नेपालीलाई युद्धमा प्रयोग गरेको तर उनीहरूलाई उपलब्ध गराउनुपर्ने ज्याला, सुविधा र पेन्सन नदिएको भन्दै भूतपूर्व गोर्खा सैनिकहरू आन्दोलनमा छन् । आफुहरुको मुद्धामा कुनै पक्षले चासो नदेखाएको भन्दै समितीले सम्मेलनमार्फत ध्यानाकर्षण गराउन लागेको हो । सम्मेलन भोलिसम्म चल्नेछ ।