Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

अफगानिस्तान सागमा सहभागी हुन इच्छुक

 

काठमाडौं । अफगानिस्तानलाई नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा सहभागी गराउने प्रयास सुरू गरिएको छ। सन् २०१६ मा भारतमा सम्पन्न १२औँ सागपछि अफगानिस्तानले सार्क क्षेत्र परित्याग गर्दै मध्यपूर्वी एसिया जोनमा प्रवेश गरेको थियो। तीन वर्षपछि अफगानिस्तान दक्षिण एसियन जोनमै फकाउने प्रयास सुरू गरिएको छ। मध्यपूर्वी एसियामा फुटबल बाहेकका खेलकुदका गतिविधि खासै नभएकाले अफगानिस्तान साग क्षेत्रमै आउने संकेत दिएपछि दक्षिण एसियाली ओलम्पिक कमिटीले अफगानिस्तानलाई सागमा सहभागिताको प्रयास गरेको हो। १३औँ सागमा अफगानिस्तान समावेश भएमा आठ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। यसअघि १५ मंसिरदेखि हुने सागमा सात राष्ट्र मात्र सहभागीता निश्चित छ। अफगानिस्तानको ओलम्पिक कमिटीले ओलम्पिक काउन्सिल एसिया (ओसिए) र नेपाल ओलम्पिक कमिटीसँग सागमा सहभागिता जनाउने विषयमा छलफल भएको नेपाल ओलम्पिक कमीटीका अध्यक्ष जिवनराम श्रेष्ठले बताए। उनले छलफल मात्र भएको तर औपचारिक रूपमा कुनै निर्णय नभएको बताए। १३औँ सागअघि दक्षिण एसियाली ओलम्पिक कमिटीका पदाधिकारीबीच काठमाडौंमै बैठक बसेर थप निर्णय गर्ने श्रेष्ठले बताए। केहि दिनपछि बस्ने बैठकले नेपालमा सागको तयारीको बिषयमा दक्षिण एसियाली ओलम्पिक कमिटीलाई जानकारी गराउने कार्यक्रम रहेको छ। श्रेष्ठले भने ‘अर्को साता सात राष्ट्रका एनओसी पदाधिकारीबीचको बैठक बस्ने कार्यत्रम रहेको छ। अफगानिस्तानले औपचारिक प्रस्ताव गरे थप छलफल हुने छ।’ अफगानिस्तानले कति खेलमा सहभागीता जनाउँछ भन्ने विषयको टुंगो भने उसको सहभागीतासँगै तय हुने छ। अफगानिस्तान सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ सागमा चौथो स्थान हात पार्न सफल भएको थियो। यसअघि सन् २००४ मा सार्क खेललाई साफ भनिन्थ्यो। पाकिस्तानको इस्लामावादमा भएको नवौँ साफमा अफगानिस्तान पनि सहभागी थियो । पहिलोपटकको सहभागितामै अफगानिस्तानले एक स्वर्ण, तीन रजत र २८ कांस्य गरी कुल ३२ पदक हात पार्न सफल भएको थियो। त्यस्तै सन् २००६ को १०औँ सागमा अफगानिस्तानले आफूलाई बलियो राष्ट्रका रूपमा प्रस्तुत गरेको थियो। यसपटक अफगानिस्तानले आफ्नो स्थान सुधार गर्दै ६ स्वर्ण, ७ रजत र १८ कांस्य गरी कुल ३१ पदकका साथ पाँचौँ स्थान हात पारेको थियो। त्यस्तै २०१० को ढाकामा भएको ११ औँ सागमा आफगानिस्तानले ७ स्वर्ण, ९ रजत र १६ कांस्य जित्दै छैटौँ स्थान हात पारेको थियो। अफगानिस्तानले १२औँ सागमा उत्कृष्ट प्रदर्शन कायम राख्दै ऐतिहासिक रूपमा चौथो स्थान हात पारेको थियो। अफगानी टोलीले ७ स्वर्ण, ९ रजत र १९ कांस्य जितेको थियो। thaha khabar bata