Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेकपाले छान्यो उपनिर्वाचनका उम्मेदवार, भक्तपुरमा देवीप्रसाद ढकाल

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरुको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयले बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र उपमहानगरपालिका मेयरका उम्मेद्वार टुंगो लगाएको हो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ ।