Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

रास्कोट अस्पतालको लागि कोरियाबाट ४ करोड वोन भन्दा माथिको सहयोग

२५ चैत, दक्षिण कोरिया । कर्णाली पर्देशको कालिकोटको रास्कोटमा निर्माधिण डिजिटल रास्कोट अस्पतालको लागि कोरियाका नेपालीले ४ करोड वोन माथिको आर्थिक सहयोग गर्ने भएको छ । न्युज 24 टेलिभिजनमा प्रसारण हुने सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको संयोजकमा निर्माण भइरहेको अस्पतालको लागि कोरियामा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई संकलन गरेको करोड भन्दा माथिको कोरियन वन  नेपाल पठाउने तयारी गरेको छ ।

आइतबार दिउँसो सउलमा रास्कोट अस्पताल सहयोग अभियान तथा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियानले एक कार्यक्रम तथा भेटघाट गरी आर्थिक सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा अभियानका संयोजक यम श्रेष्ठले तीन महिना चलेको संकलन अभियानले यतिको आर्थिक जम्मा गर्न सकेको बताए । उनले यस अभियानमा विभिन्न ब्यक्ति, व्यवसयी लगायतका हरेक क्षेत्रका व्यक्तित्वहरुले सहयोग गरेको बताए ।

तीन महिनासम्म चलेको अभियान आइतबारबाट अन्त्य भएको घोषणा गर्दै यतिसम्म सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिएका थिए