Loading... आजः सोमवार, माघ ५, २०७७
Trending

सामसुङको फाइभ जी स्मार्टफोन शुक्रबारदेखि बजारमा

२० चैत, काठमाडौं । सामसुङको ग्यालेक्सी एस टेन स्मार्टफोनको फाइभ जी संस्करण अप्रिल ५ देखि दक्षिण कोरियाली बजारमा उपलब्ध हुने भएको छ ।

सामसुङका अनुसार मेजेस्टिक ब्लाक, रोयल गोल्ड र क्राउन सिल्भर गरी ३ वटा रङमा यो फोन उपलब्ध हुनेछ ।

पहिलो चरणमा घरेलु बजारमा पठाएसँगै सामसुङले यो वर्षभरमा विश्वभर नै फाइभ जी नेटवर्कयुक्त ग्यालेक्सी एस १० उपलब्ध गराउने बताएको छ ।

स्मरण रहोस् दक्षिण कोरियाका व्यवसायिक मोबाइल नेटवर्कमा सन् २०१८ को डिसेम्बर १ देखि नै फाइभ जी नेटवर्क उपलब्ध छ ।

यी हुन् ग्यालेक्सी एस १० को फाइभ जी भर्सनका विशेषता

यो स्मार्टफोनमा ६.७ इन्चको क्वाड एचडी प्लस कब्र्ड डाइनामिक एमोलेड स्क्रिन रहेको छ । यसमा एन्ड्रोइड नाइन पाइ अपरेटिंग सिस्टम रहेको छ । ग्यालेक्सी टेन फाइभ जीमा ८ जिबी र्‍याम छ भने २५६ जिबी र ५१२ जिबी गरी दुईवटा स्टोरेज अप्सनमा उपलब्ध छ ।

यो स्मार्टफोनमा रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको टेलिफोटो लेन्सयुक्त क्यामरा रहेको छ । त्यस्तै १२ मेगापिक्सेलको सुपर स्पीड डुअल पिक्सेल वाइड एंगल लेन्स र अर्को १६ मेगापिक्सेल अल्ट्रा वाइड लेन्सयुक्त क्यामरा रहेको छ । त्यस्तै १० मेगापिक्सेलको डुअल पिक्सेल सेल्फी क्यामरा रहेको छ ।

यो फोनमा ४५०० मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यसमा फास्ट वायरलेस चार्जिंग टू प्रविधि रहेको छ ।

यो स्मार्टफोनले एनएफसी पेमेन्ट सपोर्ट गर्नुका साथै सेक्योरिटीका रुपमा फेस र फिंगरप्रिन्ट सेन्सर दुबै बायोमेट्रिक सेन्सर रहेको छ ।

सामसुङको सूचना प्रविधि तथा मोबाइल सञ्चार विभागका प्रमुख डीजे कोहले कम्पनीको पहिलो फाइभ जी स्मार्टफोन बजारमा ल्याउन लागेको भन्दै आगामी दिनमा विश्वभरकै प्रयोगकर्ताका लागि यो उपलब्ध हुने बताएका छन् ।

एजेन्सी

error: Content is protected !!