Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

विकास परिषदको बैठक सुरू, पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिइने

२० चैत, काठमाडौं ।राष्ट्रिय विकास परिषदको दुईदिने बैठक बुधबारबाट सुरु हुँदैछ । पन्ध्रौं योजनाको आधारपत्रलाई बैठकले अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले जानकारी दिए ।

आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ । सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति छ ।

राष्ट्रिय विकास परिषदको बैठकमा प्राप्त सुझावलाई समेट्दै आधारपत्रलाई अन्तिम रुप दिएर मन्त्रिपरिषदमा पठाउने योजना आयोगको तयारी छ ।

परिषदको बैठक होटल सोल्टीमा बिहान १० बजेबाट सुरु भएको छ ।

बैठकमा तीनै तहको सरकारका उच्च अधिकारीहरुसमेत सहभागी छन् ।