Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

चिकित्सक दरखास्त नपरे पछि संचालन भएन अस्पताल


दैलेख :  चिकित्सकको दरखास्त नपरेपछि महावु गाउँपालिकाले संचालन गर्न लागेको अस्थायी कोभिड अस्पताल संचालनमा अन्यौल भएको छ । जिल्लाको महावु गाउँपालिकाले (कोभिड–१९)अस्थायी अस्पताल तथा १० शैयाको अस्पताल संचालन गर्न गत कात्तिक १८ गते एक जना चिकित्सक सहित तीन जनाको दरखास्त आह्वान गरेको थियो । गाउँपालिकाले करार नियुक्ती गर्ने गरि एक जना मेडिकल अधिकृत आठौ तह,स्टाफ नर्स साहायक पाँचौ तह,हेल्थ असिस्टेन्ट पाँचौ तह गरी तीन जनाको दरखास्त आह्वान गरेको भएपनि दुई पटक सुचना प्रकाशित गर्दा समेत मेडिकल अधिकृत पदामा दरखास्त नपरेपछि अस्पताल संचालन गर्न समस्या भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले स्टाफ नर्स र हेल्थ असिस्टेन्ट पदमा दरखास्त परेको भएपनि मेडिकल अधिकृतको दरखास्त नपरेपछि अन्य पदमा समेत नियुक्त गर्न नसकिएको बताए । उनले मेडिकल अधिकृतको समेत दरखास्त परेपछि मात्र अन्य पदमा पनि छनोट गर्ने तयारी गरेको बताउँदै तेस्रो पटक सुचना प्रकाशित गर्ने तयारीमा आफुहरु रहेको बताए ।
गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले अस्पताल संचाल गरी नागरिकलाई गाउँपालिकामै निशुल्क विशेषज्ञ सेवा दिने लक्ष्य राखेर अस्पताल निर्माण गरेपनि आवश्यक जनशक्ति अभावका कारण अस्पताल संचालन गर्न नसकिएको बताए । उनले गाउँपालिकाले स्वास्थ्य लाई प्रथामिकता दिएर मेडिकल अधिकृतको दरबन्दी समेत सिर्जना गरी दरखस्त आह्वान गर्दा समेत दरखास्त नपरेपछि आफुहरु समस्या परेको बताए । उनले भने स्वास्थ्य सेवा कार्यालय संग समन्वय गरेर मेडिकल अधिकृतको व्यवस्था गर्न लागेका छौ ।

अस्पताल संचालनमा आउन नसकेपछि गाउँपालिका वासी बिशेषज्ञ स्वास्थ्य सेवा लिन बाट बञ्चित भएका छन । कोरोना महामारीको संक्रमण तिब्र रुपमा बढेपछि प्रदेश सभा सांसद अम्मर बहादुर थापाको निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत ५२ लाख रुपिँया बिनियोजन गरी अस्पताल निर्माण गरिएको थियो ।