गाउँपालिकाका ७० प्रतिशत घरधुरीमा बिद्युत
दैलेख : जिल्लाको डुगेश्वर गाउँपालिकाले गाउँपालिकाले ७० प्रतिशत घरधुरी विद्युत पु¥याएको छ । संघिय सरकार अन्र्तगत ग्रामिण सामुदायिक विद्युतीकरण परियोजना मार्फत ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लगानीमा गाउँपालिकामा रहेको तीन हजार घरधुरी मध्ये ७० प्रतिशत घरधुरीमा विद्युत पु¥याएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले स्थानीय सरकार गठन गर्नु पुर्ब केही वडामा विद्युत विस्तार भएको भए पनि जनप्रतिनिधि आएपछि अन्य क्षेत्रमा विद्युत विस्तार गरिएको बताए । उनले पहिला २५ प्रतिशत घरधुरीमा विद्युत बलेको र आफुहरु निर्वाचित भएपछि ७० प्रतिशत घरमा विद्युत पु¥याएको दावी गरे ।
नेपाल विद्युत वितरण केन्द दैलेखका अनुसार ३ हजार घरधुरी रहेको गाउँपालिकामा २३ सय घरधुरीमा विद्युत पुगेको जानकारी दिएको छ । विद्युत वितरण कार्यालयका प्रमुख शिवजी प्रसाद शाहले जिल्लाका ११ स्थानीय तहमा विद्युत विस्तारको काम भइरहेको बताए । उनले प्रत्यके पालिकामा विद्युतका पोलहरु वितरण गरिरहेको बताउँदै यहि आर्थिक वषर्मा सबै पालिकाका अधिकाँस घरधुरीमा विद्युत जडान हुने बताए ।
दैलेख निर्वाचन क्षेत्र नः १ का प्रतिनिधि सभा सांसद रविन्द्र शर्माले दैलेखको निर्वाचन क्षेत्रका छ वटै पालिकामा विद्युत विस्तार गर्न भन्दै निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम मार्फत ६ करोड रुपैया आर्थिक वर्ष ०७६÷०७७मा विनियोजन समेत गरेका थिए । सांसद शर्माले अघिल्लो वर्ष नै विद्युत विस्तारको काम गर्नु पर्ने भएपनि कोरोना महामारीका कारण काममा ढिलाई भएको बताए । उनले विद्युतको टेन्डर र पोल खरिद भइसकेको र अव वितरण गरेर विद्युत विस्तार गरिने विद्युत वितरण केन्द्रले जानकारी दिएको बताए ।
सोमवार गाउँपालिकाको वडा नः २ लाकुरीका सात सय घरधुरीमा विद्युत विस्तार गरेपछि स्थानीयले खुसी मनाएका थिए । वडा अध्यक्ष राजु कुमार केसीले वडामा रहेका ७२१ घरधुरी मध्ये २१ घर मात्र विद्युत जोडन बाँकी रहेको भन्दै उक्त घरहरुमा समेत विद्युत जडान गरिने बताए ।