Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा

दैलेख  :  जिल्लाको नारायण नगरपालिकाले ६० वर्ष माथिका जेष्ठनागरिकलाई घरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ। नगरपालिकाका ११ वडामा रहेको जेष्ठनागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण सँगै निःशुल्क औषधीको व्यवस्था समेत गरेको छ । नगर क्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पु¥याउन नगरपालिकाले नगर सभाबाट यो निर्णय पारित गरे सँगै जेष्ठनागरिकहरुले निःशुल्क स्वास्थ्य सेवा पाउन थालेका हुन ।
नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले नगर क्षेत्रका जेष्ठनागरिकहरुको स्वास्थ्य पहिचान,उपचार तथा सचेतना जगाउने उद्देश्यसहित जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा दिन थालेको बताए । उनले सिहदवारको अधिकार गाउँमा भन्दा पनि सिंह मात्र आए अधिकार आएन भन्ने जनताको गुनासो बढ्न थालेपछि जेष्ठनागरिकलाइ विकासको अनुभूति दिलाउनका लागि यो सेवाको सुचारु गरेका हौँ नगरप्रमुख खड्काले भने े नगरका ११ वटा स्वास्थ्य संस्थाबाट यो सेवा प्रवाह गर्छौँ । ’ गरिबी तथा जनचेतनाको कमिले गर्दा जेष्ठनागरिकहरु स्वास्थ्य संस्था जानुहुन्न, उनले भने ‘जेष्ठनागरिकलाई स्वास्थ्यको पहुँचमा राख्नका लागि यो अभियान सुरुवात गरेका हौँ । ’
नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा संयोजक लाल बहादुर खड्काले नगरपालिकाले जेष्ठनागरिकहरुको स्वास्थ्य परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयका डाक्टरको टोली लिएर परीक्षण सँगै औषधी वितरण गरिएको बताए । उनले नारायण नगरपालिकाका वडा नः १० र ११ मा गरी २६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण सँगै निःशुल्क औषधी वितरण गरेको बताए ।
जेष्ठनागरिक मञ्चका जिल्ला अध्यक्ष वीर बहादुर भण्डारीले स्थानीय सरकारले जेष्ठनागरिकहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण जस्ता कार्यहरू सबै पालिकाले सञ्चालन गर्नु पर्ने बताए । उनले जिल्लाको नारायण नगरपालिकामा यो कार्यक्रम सञ्चालन गरेको भए पनि अन्यपालिका सँग कार्यक्रम सञ्चालन गर्न समन्वय गरिरहेको बताए ।
उनले भने विगतको जस्तो जेष्ठनागरिकहरु घृणामा पर्ने अवस्था अहिले छैन बुढाबुढी भएको घरमा वार्षिक एक लाख भन्दा बढी सामाजिक सुरक्षा भत्ताले आम्दानी हुने भएपछि बुद्धा बृद्धलाई सबैले सम्मान गर्ने गरेको बताए । नारायण नगरपालिका वडा नः ११ का ८० वर्षिय कृष्ण बहादुर बिष्टले आफुले निःशुल्क औषधी र स्वास्थ्य परीक्षण गर्न पाएको भन्दै त्यसको समन्वय गर्ने जेष्ठनागरिक मञ्च र नारायण नगरपालिकालाई धन्यबाद दिए। उनले आफुले भत्ता पाउने भए पनि उपचारका लागि अस्पताल सम्म जाने नसक्ने भएका कारण समस्या भएको बेला घरमै उपचार सेवा पाउँनु हाम्रा लागि खुसीको कुरा हो ।