Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

भैरवीमा कृषि मेला प्रदर्शनी


दैलेख  : जिल्लाकोे भैरवी गाउँपालिकामा गाउँपालिकास्तरीय कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । बारी बारीमा तरकारी, घर घरमा रोजगारी भन्ने मुल नारा सहित मेला आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले उद्घाटन गर्नुभएको मेलामा ५१ जना कृषक सहभागि थिए । युवा क्लब, महिला तथा कृषक समुहमा आबद्ध कृषकहरुले उत्पादन गरेको कृषिजन्य उत्पादन प्रर्दशनी गरिएको थियो । मेलामा किबी, ओखर, भुई स्याउ, पिपिलो, अलैची, मेवा, सुन्लता, कागती, अमिलो केरा, काउली, बन्दा, लसुन, टमाटर, मुला, पिडालु, रायो, चिया, ददु तथा अलैंची तथा माछा, खसी बोका, हाँस, जर्सी गाई, कुखुरा लगाएतका फलफूल, तरकारी र पशु जन्य उत्पादन प्रर्दशनीमा राखिएको थियो ।
फलफूल, तरकारी र पशु जन्य उत्पादनले भरिपूर्ण मेला सयौं मानिसले अवलोकन गरेका थिए । मेलामा तरकारी तर्फ भैरबी गाउँपालिका–७ का गोविन्द कंडेल प्रथम, भैरबी गाउँपालिका–२ का टोपबहादुर थापा द्धितिय, भैरबी गाउँपालिका–६ का डोल्मि विक तृतिय र भैरबी गाउँपालिका–४ का विष्णा खनाल सान्तवना भएका छन । फलफूल तर्फ भैरबी गाउँपालिका–५ का महेन्द्रबहादुर शाही प्रथम, भैरबी गाउँपालिका–२ का निमसरा थापा द्धितिय, भैरबी गाउँपालिका–७ का राजेश कंडेल तृतिय र भैरबी गाउँपालिका–६ का लिलाराम लामिछाने सान्तवना भएका छन ।
यस्तै पशु तर्फ भैरबी गाउँपालिका–५ का जिवानन्द रिजाल प्रथम, भैरबी गाउँपालिका–३ का राईकोशा शाही द्धितिय, भैरबी गाउँपालिका–७ का भक्तिराम लामिछाने तृतिय र भैरबी गाउँपालिका–३ का विपिन आचार्य सान्तवना हुुनुभएको छ । उनीहरुले प्रमाणपत्र, कृषि औजार तथा बीउ सहित सम्मान पाएका छन् । एईआएन लक्जेम्वर्ग र पञ्चकोशी एकता समाज (प्रयास)को आर्थीक सहयोग तथा भैरबी गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा आयोजित मेलामा गाउँपालिकाका कृषकले उत्पादन गरेको विभिन्न कृषिजन्य उत्पादन प्रर्दशनीमा राखिएको थियो ।