Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

अनुसन्धान गर्ने प्रबिधि अभावले पीडितले न्याय पाउँन कठिन


दैलेख  :  घटनाको अनुसन्धान गर्ने उपयुक्त प्रविधि अभावका कारण वास्तबिक पीडीतले न्याय पाउने समस्या रहेको एक कार्यक्रमका सहभागिले बताएका छन । मानव अधिकार वर्ष पुस्तक घटना वार्षिक समिक्षा कार्यक्रममा बोल्ने अधिकाँस बत्ताहरुले अनुसन्धान गर्ने प्रबिधि,प्रणाली र समाज मुल्यमान्यता विपरीत अपराध गर्ने व्यक्तिको संरक्षण गर्ने समस्याका कारण वास्तबीक पीडितले न्याय पाउन नसेकेको बताइएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस दण्डवाणी लामिछानेले अदालतले गर्ने फैसला काुनुनी प्रावधान अनुरुप हुने भएपनि फैसला गर्दा अध्यारोमा ढुंगाँ हानेको जसरी गर्नु पर्ने बताए । उनले विगतमा भन्दा उजुरी पर्ने संख्यामा बृद्धि भएपनि हामीसंग अनुसन्धान गर्ने आवश्यक प्रबिधि अभावले वास्तबिक पीडितले न्याय पाउन नसकेको बताए । उनले भने कसैले धारिलो हतियारले कसैको हत्या ग¥यो वा बलत्कार जस्ता कुराको परीक्षण गर्न समेत बाह्य पठाउनु पर्ने समस्या छ । अनुसन्धान गर्ने प्रविधि जिल्ला नभएका कारण पीडिीतले न्याय पाउँन समस्या हुने गरेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटाले अनुसन्धान गर्दा वास्तविब घटना भएको समाजका मानिसहरुले नै अपराधीलाई संरक्षण गर्न खोज्ने प्रबृतिल गर्दा समस्या सिर्जना हुने बताए ।
जिल्ला सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता नमराज रेग्मीले बलात्कार र बाल विवाह गर्ने र गर्न बाध्य पार्नेहरुका लागि सरकारले भर्खर मात्र होस्टाइल गर्ने कानुन निर्माण गरेको बताए
अनौपचारिक क्षेत्र सेवा केन्द्रका जिल्ला प्रतिनिधि अम्मर सुनारले जिल्लामा ६४ वटा मानव अधिकारका घटना उलङघन भएको जानकारी दिए । उनका अनुसार हत्या÷कर्तव्य ज्यानका पाँच उजुरी,बलात्कार १२ वटा उजुरी,बलात्कार उद्योगका पाँच उजुरी,बाल यौन दुव्र्यवहार दुई वटा उजुरी,बालबालिका कुटपिटका दुई उजुरी,घरेलु हिंसाका तीन वटा उजुरी,आत्महत्या दुरुत्साहनका तीन वटा उजुरी,बहुविवाहका २५ वटा उजुरी,क्वारेन्टाइनमा कुटपिटका दुई वटा उजुरी,अभद्र व्यवहारका पाँच वटा उजुरी गरी ६५ वटा उजुरी परेका छन ।
उनले ६५ वटा उजुरी मध्ये ५५ वटा उजुरी मुद्धा चलेको र अन्य मिलापत्र भएको बताए । उनका अनुसार ६५ उजुरीमा ७६ जना हिरासतमा,४७ जना कारागार चलान,२५ जना तारेखमा र १६ जना अझै फरार रहेका छन ।