किशोर किशोरीलाई जीवन उपयोगि सिप विकास तालीम
दैलेख : विद्यालय बिचमै छोडेका किशोर किशोरीलाई जीवनउपयोगि सिप विकास तालीम दिइएको छ । बातावरणीय कृषि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोगमा महिला शसक्तिकरण मञ्च नेपाल दैलेखको सहजीकरण र वडा कार्यालयको समन्वयमा सिप विकास तालीम प्रदान गरिएको हो ।
कार्यक्रम संचालन भएका दुल्लु नगरपालिका ११ कालभैरव, वडा नः १३ मालिका, वडा नः १० गमौडीमा विद्यालय छोडेका किशोर किशोरीलाई जीवन उपयोगि सिप तालीम प्रदान गरिएको महिला शसक्तिकरण मञ्च नेपाल दैलेखका कार्यक्रम संयोजक निर्मला शाहीले जानकारी दिइन । जीवन उपयोगि सिप विकास तालीमको सहजीकरण बातावरणीय कृषि तथा विकास केन्द्र (केड) सुर्खेतका प्रजनन् स्वास्थ्य अधिकृत इन्द्रा घर्ती र महिला शसक्तिकरण मञ्च नेपालकी सदस्य डिल कुमारी चन्दले गरेका थिए ।
बातावरणीय कृषि तथा विकास केन्द्र (केड) सुर्खेतका प्रजनन् स्वास्थ्य अधिकृत इन्द्रा घर्तीले विद्यालय छोडका किशोर किशोरीलाई आत्मजागरण,प्रभावकारी संरचना,अनुभुति समानुभूती,अन्तरबैयक्तिक सम्बन्ध,संम्वेग नियन्त्रण,तनावको सामना,समस्या समाधान,निर्णय लिने,सिर्जनात्मक सोचाई,समालोचनात्मक सोचाईका विषयमा किशोर किशोरीलाई पर्शिक्षण गराएकी थिईन ।