Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

दैलेखमा रुख बाट खसेर युवकको मृत्यु

दैलेख : 
दैलेख ः रुख बाट खसेर मृत्यु भएको छ । महावु गाउँपालिका वडा नः २ डुङग्रीका २४ वर्षिय युवक लोक बहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । आलुवारीमा बदेल पेसर खाना थालेपछि बदेल लखेट्न गएका उनलाई बदेलने आक्रमण गर्न आउदा बच्नको लागी सालको रुखमा चढेको अवस्थामा रुखको हाँगा भाँचिई लड्दा घाईते भई जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्याmलय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताएका छन ।

error: Content is protected !!