समातामुलक समाज निर्माणका लागि सामाजिक विकास अपरिहार्य : थापा
दैलेख : जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले लैङिगक हिंसा अन्त्यका लागि सामाजिक विकास अपरिहार्य भएको बताएका छन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको समावेशी र समातामुलक शिक्षा र मर्यादित महिनावारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । जिल्लाका ११ स्थानीय तहलाई राखेर पुर्वधार विकास लाई प्रथामिकता नदिएर सामाजिक विकास तर्फ पनि बजेट बिनियोजन गर्ने र जनतालाई सचेतना जगाउँन जिल्ला सभाले निर्णय गरेर पठाएको बताउदै त्यस तर्फ स्थानीय सरकारले काम गरिरहेको बताए ।
उनले जिल्लामा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरुले बाल विवाह ,बहुविवाह र छाउँपडि प्रथा उन्मुलनमा लागेको भएपनि अवस्था पुरानै रहेको बताए । उनले भने हामीले लामो समय देखी बालविवाह,बहुविवाह , र महिनावारी विषयमा धेरै रकम खर्च गरेका छौ तर अवस्था जहाँको छ ।
प्रमुख जिल्ला अधिकारीले सबैको सहयोग र समन्वय भएमा यस्ता प्रथाहरुको अन्त्य गर्न सकिने बताए । उनले घरपरिवारका कारण छाउँगोठमा बस्ने महिलाले आफै उजुरी दिन नसक्ने बताउदै अन्य निकायले त्यस्तो गर्ने उपर उजुरी गरेको खण्डमा कानुन कमोजीम कार्वाही हुने बताए ।
कार्यक्रममा सहभागि अधिकारर्कीले समावेशी र समातामुलक शिक्षाको नारा नारामा मात्र सिमित भएको बताएका छन । उनीहरुले अहिले पनि छोरा र छोरी माथी गरिने व्यवहार परिर्वतन नभएका कारण यी समस्याहरु निरन्तर आइरहेको बताए । उनीहरुले विद्यालयहरुमा शौचालय निर्माण देखी खानेपानीको धारा निर्माण गर्दा समेत ख्यान नगरी निर्माण गरिएको बताए ।
कार्यक्रमका अध्यक्ष दुर्गा गीरीले हरेक परिवर्तन आफै बाट सुरु गरे मात्र समाज परिवर्तन हुने बताईन । उनले भनिन गैससले खेलेको भुमिका कारण समाज परिवर्तनमा महत्वपुर्ण भुमिका रहेको बताउदै त्यस तर्फ सबै जिम्मेवार निकाय लाग्नु पर्ने बताइन ।
लैङिगक हिंसा अन्त्यका् प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यवबद्धता महिनावारीको कुराहरु मर्यादा ,केन्द्रित भए मात्र हुन्छ पुरा ,समावेसी र समातामुल शिक्षा मर्यादित महिनावारी विषयमा समेत छलफल गरिएको थियो ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख तेज बहादुर थापा र नेपालमा रहेका कानुन र त्यसको प्रयोगको वारेमा अधिवत्ताले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।