Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

थपीए एक हजार ५६ संक्रमित, थप १४ को मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ। सक्रिय संक्रमितको संख्या घटेर १२ हजार २ सय ४५ मा आइपुगेको छ।

मन्त्रालयका अनुसार थप १४ सय ८३ जना कोरोना संक्रमण निको भएर स्वास्थ्य बनेको मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख ३० हजार पाँच सय ३७ पुगेको छ। निको हुनेको दर ९४ प्रतिशत पुगेको छ।

त्यस्तै, आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १६ सय ५१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार दुई सय २८ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख पाँच हजार ९ सय ७२ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्‍वारेन्टाइनमा ५ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ।

error: Content is protected !!