Loading... आजः सोमवार, बैशाख ८, २०८२
Trending

कर्णालीमा थप २१ जनामा कोरोना संङक्रमण पुष्टि ,२९ जना डिस्चार्ज

दैलेख  :  कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशलामा ७२ र दैलेख अस्पतालमा ११ जनाको आरटी–पीसीआर परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यीमध्य कोरोना पुष्टि हुनेमा सुर्खेतका १७, दैलेखका दुई तथा जाजरकोटर अन्य प्रदेशका एक÷एक जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीका डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ४४ पुगेको छ ।