Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

बैकल्पिक शिक्षण सिकाई गर्न शिक्षकलाई आइसिटी तालिम

दैलेख  : कोरोना महामारीका कारण शिक्षण सस्था पुर्ण रुपमा बन्द भएको अवस्थामा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको बैकल्पीक शिक्षण सिकाई निर्देशिका अनुसार जिल्लाका स्थानीय सरकारले बालबालिकाको शैक्षिक सत्र खेर जान नदिन टोलमै पुगेर शिक्षण सिकाई सुरु गरेका थिए ।

टोलमै पुगेर शिक्षण सिकाई सुरु गरेका शिक्षकमा कोरोना संङक्रमण पुष्टि भएपछि जिल्ला शिक्षा समितिको बैठक बसेर असोज २२ गते देखी मंसिर १ गते सम्म सबै विद्यालय बन्द राख्ने निर्णय गरे संगै नारायण नगरपालिका दैलेखले बैकल्पीक माध्यम बाट शिक्षण सिकाई सुरु गर्न शिक्षकलाई आइसिटि तालीम दिएको छ ।

नारायण नगरपालिकाका भित्र रहेका माध्यामिक,निम्न माध्यामिक र आधारभुत तहका प्रधानध्यापक र शिक्षकलाई पाँच दिने तालीम दिएको हो ।

अहिलेको संचार प्रविधिको युगमा विद्यालयमा संचार प्रविधिको विकास संगै शिक्षकहरुको क्षमता अभिबृद्धि गरी विद्यालयमा कम्प्युटर शिक्ष प्रभावकारी बनाउन उद्देश्यले तालीम दिएको बताइएको छ ।

नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गरिएको तालीममा कोरोना महामारीको बेलामा विद्यालयमा नियमित पठन पाठन हुन नसकिरहेको बेला बालबालिकालाई बैकल्पीक माध्याम बाट कसरी शिक्षा दिन सकिन्छ भन्ने विषयमा तालीम दिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिमालयजंग शाहले बताए ।

उनले कोरोना कारण विद्यालयकामा अध्ययनरत बालबालिका मात्र नभएर शिक्षक,अभिभावक समेत जोखिममा पर्ने हुँदा बैकल्पीक शिक्षण सिकाई गर्न र कोरोना महामारी बाट सुरक्षीत रहन यो तालीम महत्वपुर्ण भएको बताए ।

पाँच दिन सम्म संचालन भएको विद्यालयका प्रधानध्यापक तथा शिक्षकलाई आइसिटि सम्बन्धी तालीमको सहजीकरण गर्नका प्रशिक्षक धर्मराज खड्का,रुपेश चन्द,रामचन्द शर्मा र नारायण नगरपालिकाका सुचना प्रबिधि अधिकृत प्रकाश कुमार बुढाले सहजीकरण गरेका थिए ।
तालीमको समापन कार्यक्रममाम बोल्दै नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले अहिलेको सुचना प्रबिधि अनुसार जान सकेमा धेरै कुराको ज्ञान प्राप्त गर्न सकिने बताए ।

उनले भने समय परिवर्तनशिल छ समय अनुसार हामीहरु चल्न सक्नु पर्छ र प्रबिधिलाई आत्मसाथ गरेको खण्ढमा राम्रो हुने बताए । उनले विद्यालयका प्रधानध्यापक, र शिक्षक प्रबिधिमा पोख्त भएको खण्डमा सहज रुपमा भ्र्रचुवल कक्षा संचालन गर्ने सकिने बताए ।

समापन कार्यक्रममा नारायण नगरपालिकाका उप प्रमुख साबित्री मल्ल,मध्यपश्चिम विश्वविद्यालयका साहयक डिन विष्णु कुमार खड्का लगायतले तालीम फलदायी हुने कुरामा आफुहरु विश्वस्त भएको बताए ।
पाँच दिने आइसिटि तालीम लिएका प्रधानध्यापक घनश्याम रेग्मीले पाँच दिनका तालीम निकै फलदायी भएको बताए । उनले यो तालीमले आफु मात्र होईन विद्यालयका अन्य शिक्षकलाई समेत सिकाएर भ्र्रचुवल कक्षा संचालन गरी बालबालिकाको शैक्षिक सत्र खेर जान नदिने बताए ।