Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

घरेलु मदिरा बिक्रि वितरणमा कडाई

.


दैलेख  :  जिल्ला प्रहरी कार्यालयले चाड पर्बहरु नजिकिदै गर्दा सर्बसाधारणको सुरक्षालाई ध्यानमा राख्दै घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण नगर्नको लागि यस अघि नै सुचना जारी गरेको भएपनी स्थानीयले त्यसको बेवास्ता गरेको भन्दै प्रत्येक बजारको घरमा पुगेलर घरेलु मदिरा नष्ट अभियान चलाएको छ ।

जिल्ला प्रहरी माहतत रहेका विभिन्न प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बाट प्रहरी टाोली परिचालन गरी मदिरा नष्ट गर्न लागेको प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । उनले हामीले घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरण रोक्न प्रत्येक पालिकाका बजारमा सुचना जारी गरेको भएपनि स्थानीयले अटेर गरेपछि प्रहरी टोलीले खोज तलास गर्दै नष्ट गर्ने गरेको बताए ।

जिल्लाका चुप्रा, बैंक र बिनायकमा रानिमत्ता दैलेखबाट खटिएको प्रहरी टोलिले अबैध घरेलु मदिरा चेकजाँच गर्ने क्रममा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ, घरेलु मदिरा, मदिरा निर्माण गर्ने सामाग्री,मदिरा उत्पादन गर्न प्रयोग हुने औसधि बरामद गरि नष्ट गरिएको दैलेख प्रहरीले जनाएको छ ।

यो अभियानलाई निरन्तरता दिने र जिल्लाको शान्ती सुरक्षा मजबुद बनाउने तयारी समेत गरेको छ ।घरेलु मदिरा नियन्त्रण गर्नका लागि स्थानीय सरकारका जनप्रतिनिधी,व्यापारी सबैलाई साथमा लिएर उक्त अभियान संचालन गरिरहेको प्रहरी प्रमुखको भनाई छ ।