Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णालीमा प्रदेशमा संक्रमितको संख्या चार हजार नाघ्यो

..

दैलेख :  कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । बुधबार ६९ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार ३७ पुगेको हो । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६४, दैलेख अस्पतालमा चार र रुकुमपश्चिममा गरिएको परीक्षणमा एक गरी ६९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा जिल्लागत आधारमा सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक÷एक र अन्य प्रदेशका ६ जना छन् । पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार दुई सय २९ पुगेको छ ।

कर्णालीमा हाल संक्रिय कोरोना संक्रमितको संख्या सात सय ८२ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलको भनाई छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ ।