Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दुई अध्यक्षबीच छलफल सकियो, सचिवालय बैठक मंगलबार बस्ने


काठमाडौं  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको बैठक सम्पन्न भएको छ । बैठकले भोली मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का अनुसार दुई अध्यक्षबीचको बैठकले सचिवालय बैठक मंगलबार साँझ ४ बजे बोलाउने निर्णय गरेको हो ।

यसअघि आइतबार साँझ ४ बजेका लागि सचिवालय बैठक तय गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेन । तर दुई अध्यक्षबीच आइतबार बैठक बसेको थियो । आज बसेको दुई अध्यक्षबीचको बैठकले कार्यसूचीको तयारीबारेमा गृहकार्य गरेको बालुवाटार स्रोतले बताएको छ ।
सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् । भोलि बस्ने बैठकमा प्रदेश ५ को राजधानी विषयमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुनसक्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले बताए ।साभार