Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

बच्चा जंगलमा फाल्ने दुई जना पक्राउ


सल्यान :  अबैध सम्बन्ध बाट जन्मिएको बच्चा जंगलमा बेवारिसे अवस्थामा बच्चा छोड्ने आमासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान जिल्लाका शारदा नगरपालिका–३ घोरुलाटेको जंगलमा बेवारिसे अवस्थामा २८ दिने बच्चाको आमासहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो।

पक्राउ पर्नेमा शारदा नगरपालिका–३ की आमा ३५ वर्षीया शान्ति परियार शारदा नगरपालिका–२ पानिखोलाको अन्दाजी ३८ वर्षको दान बहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए। जंगलमा बच्चा फालेको १२ घण्टापछि २८ दिने बालकको उद्धार गरिनुका साथै बच्चा जंगलमा छोड्ने दुई जनालाई पक्राउ गरिएको उनले बताए।

रोजगारीको सिलसिलामा भारतको उत्तराखण्डमा उनीहरुबीच अवैध सम्पर्कबाट बच्चा जन्मिएको र घर पुग्दा बच्चा नलैजाने दुवैको सल्लाह बमोजिम बाटोमै पर्ने जंगलमा छाडेको बयान दिएको प्रहरीले जनाएको छ।

error: Content is protected !!