Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपालभर दुई हजार ४४० जनामा कोरोना संङक्रमण पुष्टि

काठमाडौँ  :  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गर्दा दुई हजार ४४० जनामा संङक्रमण पुष्टि भएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८९ हजार २६३ पुगेको छ । हाल २३ ह्जार ५०७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।  मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६५ हजार २०२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३ प्रतिशत हो ।