Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

गुराँसेका किसान समुहलाई हातेट्याक्टर

दैलेख  :  परमपरागत रुपमा गोरुले जोतेर कृषि खेती गर्दै आएका किसानहरुलाई उन्नत प्रविधि प्रयोग गरी उत्पादन बढाउन किसान सहुलाई हाते ट्याक्टर वितरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गुराँस गाउँपालिका वडा नः ४,५,२,७ मा गठन गरिएका कृषि समुहलाई शत प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

हाते ट्याक्टर वितरण गर्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले कोरोना करहमा बिदेश बाट घर र्फकिएका युवालाई रोजगारी सिर्जना गरी आर्थिक अवस्थामा सुधार ल्याउने र गाउँमै बस्ने वाताबरण तयार गर्ने उद्देश्यले संचालन भएको कार्यक्रमले किसानलाई बिऊ बिजन,आवश्यक उपकरण,र बजारीकरणकाका लागि सहयोग गर्ने बताए । उनले हामीले तपाईहरुकै आय आर्जन हुने खालका कार्यक्रम संचालन गरेका छौ यो आर्थिक वर्षमा चार सय जनालाई लाभाम्वीत गर्ने गरी गुराँस गाउँपालिकाले ५१ लाख रुपिँया र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम मार्फत एक कारेड २९ लाख रुपिँया खर्च गर्न लागेको बताए । उनले भने हामीले अनुदानमा दिएको भनेर प्रबिधि थन्काउने होईन । त्यसलाई सहि सदुपयोग गरी उत्पादन बढाउने र आय आर्जन गर्ने तर्फ लाग्नु पर्दछ ।

महिला शसक्तिकरण मञ्चकी अध्यक्ष सुनिता चन्दले कोरोना महामारीका कारण रोजगारी गुमाएर घर फर्केकालाई गाउँमै रोक्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न कार्यक्रमले सहयोग पुग्ने बताईन । उनले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम र गाउँपालिकाले कृषिमा ठुलो लगानी गरेर युवाहरुलाई गाउँमै रोजगार मुलक कार्यक्रममा संचालन गरेको बताउदै त्यस तर्फ युवाहरुले चासो दिनु पर्ने बताईन ।

लालिगुराँस कृषि समुहका अध्यक्ष लाल बहादुर बिसीले गोरु मार्फत खनजोत गर्दा वर्षभरी हुने कार्यबोझको कमी हुने बताए । उनले गोरुले जोतेकोमा डल्ला काट्नु पर्ने र कोदालो फिट्नु पर्ने झन्झट हट्ने बताए । उनले भने कृषि समुहमा भारत लगायत अन्य मुलुक बाट घर फर्केकाहरुले अहिले व्यवसायिक रुपमा तरकारी खेती गरेका छन ।