Loading... आजः शनिबार, फाल्गुन १५, २०७७
Trending

१२ जना स्वास्थ्यकर्मीसहित कर्णालीका ५१ जनामा कोरोना पुष्टि

दैलेख :  कर्णाली प्रदेशमा १२ जना स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा ४२ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ गरी ५१ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा जिल्लागत आधारमा सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र अन्य प्रदेशका ३ जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार ९० पुगेको छ । त्यस्तै माया नर्सिङ होममा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संङक्रमण पुष्टि भएपछि नर्सिङहोम बन्द गरिएको छ ।

error: Content is protected !!