Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

डाक्टर सापकोटालाई कर्णाली सरकारले मरोणोपरान्त सम्मान गर्ने


सुर्खेत :  कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका डाक्टर हरी सापकोटालाई मरोणोपरान्त सम्मान गर्ने भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा सापकोटाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उचित सम्मान गर्ने भएको हो ।

प्रादेशिक कोभिड विपद् व्यवस्थापन समितिको बैठकले डा सापकोटालाई मरोणोपरान्त सम्मान गर्न आवश्यक प्रस्ताव लैजान सिफारिस गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए । समितिले गरेको सिफारिस अब बस्ने मन्त्रीपरिषद् बैठकमा पेश गरिने मन्त्री भण्डारीले बताए । सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले पनि शोक वक्तव्यमार्फत डा सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएका डा। सापकोटाको स्वास्थ्यमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो
मधुमेह र उच्च रक्तचापका दीर्घरोगीसमेत रहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबार भेन्टिलेटरमा राखिएको थियो । अन्ततः उपचारकै क्रममा उनको निधन भयो । साभार नेपाली रैवार