Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

एक हजार ३१३ सङ्क्रमित,एक हजार ४५५ कोरोनामुक्त

काठमाडौं :  नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।