Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

नौमुलेमा बाल विवाह गर्ने पक्राउ


दैलेख  : दैलेखमा बालविवाह गर्ने एक जोडि पक्राउ परेको छ । नौमुले गाउँपालिका वडा नः ३ द्धारी बस्ने वर्ष १७ को नाम परिवर्तन श्याम रबहादुर र सोही गाउँपालिका वडा नः ५ बस्ने वर्ष १६ की परिवर्तन नाम (रिना)लाई बाल विवाह गरेको भन्नु सुचनाको आधारमा इलाका प्रहरी कार्यालय नौमुले बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले दुबै जनालाई जिल्ला दैलेख नौमुले गाँउपालिका वडा नं३ द्वारी स्थित भविराम सुनारको घरमा बिवाह गरी बसेको अवस्थामा  पक्राउ गरी दुबै जनालाई बिवाह सम्बन्धी कसुर (बालविवाह) मुद्दामा बाल निग्रानी कक्षमा राखिएको जनाएको छ । प्रहरीले दैलेख जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।