Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णालीमा थप २८ जनामा कोरोना संङक्रमण पुष्टि

दैलेख : पाँच जना स्वास्थ्यकर्मी र तीन पत्रकारसहित कर्णाली प्रदेशमा २८ जनामा कोरोना संङक्रमण पुष्टी भएको छ । संक्रमितहुने २८ जनामध्य बैंकका कर्मचारी पाँच, उपचारमा रहेका विरामी तीन, वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी दुई, प्रध्यापक, शिक्षक र व्यापारी एक/एक जना छन् ।

कोरोना पुष्टि भएका पत्रकार सूर्यप्रकाश कंडेल, टिका विष्ट र गणेश वलीले आफूहरुमा कोरोना पुष्टि भएको र कुनै लक्षण नभएको र स्वास्थ्य अवस्था सामान्य भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनीहरुले आफ्नो क्लोज कन्ट्याक्टमा रहेकाहरुलाई पीसीआर परीक्षण गर्न अपिल समेत गरेका छन् ।

प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा २७ र चौरजहारीमा प्रयोगशालामा गरिएको परिक्षणमा एकगरी २८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले जानकारी दिइन् । उनका अनुसार आज संक्रमित पुष्टि भएकाहरुमध्य वीरेन्द्रनगरका २२, दैलेख, बझाङ, सर्लाही, बाँके, दाङ र सल्यानका एक/एक जना छन् ।