Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बीरेन्द्रनगर नगरपालिका एक हप्ता सिल

..

सुर्खेत : कर्णालीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संङक्रमण पुष्टि भएपछि कार्यालय बन्द हुने क्रम बढ्दो क्रममा छन । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत केही कर्मचारीमा (कोभिड–१९) कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार २०७७ भदौँ ३१ गते देखी असोज ६ गते सम्मको लागि आर्थिम प्रशासन शाखाबाट प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको हो । उनले भने एक सातसम्म सेवा बन्द हुने हुदाँ सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी छ ।