Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

बलात्कारको आरोप लगाउने युवतीलाई कैद सजाय, युवती फरार

सुर्खेत :  आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । तत्कालिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख रामबाबु भनिने रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई एक महिना कैद र एकहजार पाँचसय रुपैया जरिवानासहितको अदालतले फैसला गरेको हो । यहीँ भदौ १४ गते अदालतले कैद र जरिवना दुवै सजाय हुनेगरी फैसला गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए ।

‘जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गरिएकाले अदालतले कैद र जरिवानाको फैसला गरेको छ श्रेस्तेदार बास्कोटाले भने पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको हो । कैद सजाय फैसला भएकी १८ वर्षीय युवती सुर्खेत बराहतालकी हुन् । उनी फरार छन ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका प्रमुख गुप्ताले कार्यालयमै गत असोज २८ र ३० गते बोलाएर बलात्कार गरेको भन्दै ति युवतीले गत मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजूरी दिएकी थिइन् । युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख गरेको र उक्त वकपत्र नै झुठो भएको ठहर गर्दै अदालतले फैसला गरेको बास्कोटाको भनाई छ । साभार नेपाल रैवार