Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मन्त्रालयका कर्मचारी सहित ३० जनामा कोरोना पुष्टी


दैलेख  : सामाजिक विकास मन्त्रालयका एक कर्मचारीसहित कर्णालीमा ३० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एक जना गरी ३० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत कंडेलकाअनुसार संक्रमित अन्य २९ जनामध्य वीरेन्द्रनगरका सात, बर्दियाका चार, दैलेखका तीन, सुर्खेत भेरीगंगाका, कालिकोट, जुम्ला र सल्यानका दुईरदुई जना छन् । यस्तै, जाजरकोट, हुम्ला, काठमाडौं, ताप्लेजुंङ, ललितपुर, गुल्मी र जुम्लाका एकरएक जना छन् ।

शुक्रबार कोरोना जितेर थप १५ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या दुई हजार तीनसय ७९ पुगेको कंडेलले बताए ।