Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

पार्टीभित्रको गुटगत गतिविधि अन्त्य गर्ने अध्यक्षद्वयको सङ्कल्प


काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले विगतको कमी कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा पार्टी एकताको रक्षा एवम् देशको विकास गर्ने सङ्कल्प लिने निर्णय गरेका छन । शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पेश गर्न तयार प्रस्तावमा दुई अध्यक्षले सो सङ्कल्प लिने निर्णय गरेका हुन ।

प्रस्तावमा भनिएको छ, सबै खाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरूलाई चिर्दै पार्टी एकतालाई बलियो बनाउँदै जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताकासाथ उभिने प्रतिज्ञा गर्दछ । पार्टीको शक्ति र सामर्थ्यलाई ठीक ढङ्गले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखा परेको स्वीकार्दै अध्यक्षद्वयले त्यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको स्वीकार गरेका छन ।

प्रस्तावमा भनिएको छ,“विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरू हुन पुगे । पार्टीभित्र उत्पन्न अन्तरविरोधहरू ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उलङ्घन हुँदैगयो र आन्तरिक एकता कमजोर भयो ।” भविष्यमा पार्टीको आन्तरिक कमजोरी हुन नदिनेतर्फ पार्टी पङ्क्ति सचेत हुने प्रतिबद्धता अध्यक्षद्वयले गरेका छन ।
उनीहरुले भनेका छन सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमजोरीप्रति आत्मसमिक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गर्दछौँ ।” पार्टीको आन्तरिक गुटगत समस्याले पार्टी कमजोर भएको भन्दै अध्यक्षद्वयले पार्टीलाई विधि, पद्धति र संस्थागतरुपमा अगाडि बढाउने अठोट गरेका छन ।