Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

१३ जना डिस्चार्ज २६ जना नयाँ संक्रमित थपिए

.


दैलेख :  कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो। प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ८, सल्यानका २, रुकुम पश्चिमका ४, हुम्लाका १, अछामका ४, बर्दियाका १, काठमाडौंका १ र रौतहटका १ गरी २२ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यानका चार जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ। प्रदेशमा कोरोना संक्रमतिको संख्या २ हजार ४ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना जितेर घर फर्किदा हालसम्म निको हुनेको सख्ंया २ हजार ७१ पुगेको छ। हालसम्म प्रदेशमा कोभिड १९ बाट छ जनाको मृत्यु भएको छ भने ३२५ जना विभिन्न जिल्लाका आइसोलेसनमा उपचार गराइरहेका छन् ।