Loading... आजः शनिबार, माघ ३, २०७७
Trending

आइतबार थपिए १२ सय २१ जना कोरोना संक्रमित


काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

error: Content is protected !!