Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णालीमा फेरि थपिए ५१ कोरोना संक्रमित


दैलेख  : कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको ५ सय १३ जनाको स्वाव परीक्षणमा ५१ जनामा कोरोना पुष्टि भएको हो।

प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, चितवन कन्चनपुरका २/२ जना, बर्दिया, सल्यान, कैलाली, सर्लाही र रुपन्देहीका १र१ जना गरी ११ जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम गरिएको परीक्षणमा रुकुमपश्चिमका १८ जना, जाजरकोटका १५ जना, बर्दिया, डडेल्धुरा, धादिङ, उदयपुरका १र१ जना गरी ३७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट ३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए।

कर्णालीमा कोरोना संक्रमित हुनेको जम्मा संख्या २ हजार २ सय ९५ पुगेको छ। सोमबार कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १९ जना रहेको महाशाखा प्रमुख शाहीले बताए। कोरोना संक्रमण निको हुनेको संख्या पनि १ हजार ९ सय ९२ रहेको छ। हाल संक्रिय संक्रमितको कर्णालीमा संख्या २ सय ९७ रहेको छ।