Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

महावुमा आइसोलेसन भवनको उद्दघाटन


दैलेख  :  महावु गाउँपालिकाको केन्द्र रानिमत्तामा निर्माण गरिएको आइसोलेसन भवनको उद्दघाटन गरिएको छ । गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको र कोरोना संक्रमण भएकाहरुको उपचार लाई प्रभावकारी बनाउँन निर्माण गरिएको ३० बेडको आइसोलेसन भवनको उद्दघाटन गरिएको हो । भवनको उद्दघाटन कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाले गरेका छन ।

भवनको उद्घाटन गर्दै सांसद थापाले महाबु गाउँपालिकाका जनताको स्वास्थ्य सुरक्षामा आफ्ना तहबाट हुने जुनसुकै क्रियाकलापमा कुनै कसूर बाँकी नराख्ने बताए । उनले अस्पतालको थप स्तरोन्नतीका लागि आवश्यक पहल गरिने समेत बताए । गाउँपालिका स्रोतबाट गत आर्थिक वर्षको ५६ लाख रुपैयाँ लागनीमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।

‘जनताको स्वास्थ्य सुरक्षा गर्न, कोरोनारहित गाउँपालिका बनाउने योजनाका साथ भवन निर्माण गर्न सफल गरेको भन्दै यो भवनबाट आइसियू कक्षमा चाहिने सबै उपकरण जडान गर्ने तयारीमा आफु रहेको बताए ।