Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कोरोना भाइरस संम्रमितको संख्या २७ हजार २४१ पुग्यो

काठमाडौँ :  कोरोना भाइरसका ५८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएकोमा ५८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नौहजार ६४९ रहेका छन् ।

 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार २४१ पुगेको जानकारी दिए । क्वारेन्टिनमा १५ हजार १५८ रहेका छन् । पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ७९५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।