Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

प्रक्रिया पुरा गर्न सकेनौ,नियत सफा छ, छानबिनका लागि तयार छौ

..

दैलेख :  नारायण नगरपालिका दैलेखले नारायण नगरपालिकाका १७ वटा विद्यालयमा अध्ययनरत छात्राहरूका लागि उपलब्ध गराउने सेनेटरी प्याड खरिदमा अनियमितता भएको भन्दै संचारमा माध्ययममा समाचार प्रकाशन भएपछि नारायण नगरपालिका दैलेखले पत्रकार सम्मेलन मार्फत उक्त समाचार सत्यता नभएको प्रस्ट पारेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयका छात्राहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउन नारायण नगरपालिका दैलेखका २१ लाख ७९ हजार रकम पठाएको र कोरोना भाइरसका कारण समयमै टेन्डर हुन नसक्दा आएको बजेट फ्रिज जाने भएपछि नारायण नगरपालिका दैलेखका उप प्रमुख सावित्री मल्लको संयोजकत्वमा रहेको नौ सदस्यीय समितिले सेनेटरी प्याड खरिद तथा वितरण कार्यविधि अनुसार विद्यालयको खातामा रकम जम्मा गर्ने निर्णय थियो ।

विद्यालयको खातामा रकम गएपछि सम्बन्धित विद्यालय र विद्यालय व्यवस्थापन समितिले खरिद प्रक्रिया अगाडी बढाउनु पर्ने भए पनि विद्यालयका प्रअहरुले नै आग्रह गरेपछि सामाग्री खरिदका लागि सहजीकरण गरेका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालय जङ्ग शाहलाई विवादमा ल्याएपछि पत्रकार सम्मेलन गरेर प्रस्टाइएको हो ।

सेनेटरी प्याड खरिदमा जोडेर समाचार प्रकाशन भएपछि अनावश्यक आफूलाई विवादमा तान्न खोजिएको शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले बताए । उनले विद्यालयका प्रधानाध्यापकै आग्रहमा सहजीकरण गरिदिनु प¥यो भनेपछि सहजीकरण गरेको हुँ त्यसमा कुनै आफूलाई लोभ छैन । सहजीकरण गरेर ल्याएको सेनेटरी प्याड विद्यालयलाई जबरजस्ती दिन खोजेको पनि होइन उहाँहरूले इच्छा लाग्दा राख्ने वा नराख्ने विद्यालयको जिम्मा रहेको बताए ।

लकडाउनले समस्या भएपछि प्रअहरूलाई नगरपालिकामा बोलाएर स्वास्थ्य सुरक्षाका लागि आएको बजेट फ्रिज गर्न नहुने भन्दै विभिन्न विद्यालयको खातामा रकम जम्मा गरिएको हो त्यसको उद्देश्य भनेको सामान खरिदमा एकरूपता होस् र गुणस्तरीयता कायम होस् भनेर एउटै कम्पनीबाट खरिद गर्न सहजीकरण गरिदिएको उनले बताए । उनले भने, ‘राम्रो होला भनेर काम गरेको हो । अहिले व्यक्तिगत रूपमा बदनाम गराउने काम भयो । नियत गलत होइन, बुझाइ गलत भयो ।’ सामान खरिद गर्ने पुरै अधिकार विद्यालयको भएको र अहिले छानिएको सप्लायर्सबाट सामान लिने नलिने जिम्मा पनि स्वयं विद्यालयकै भएको उनले बताए ।

पत्रकार सम्मेलनमा नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले कोरोना भाइरसका कारण समय अभाव हुँदा खरिद प्रक्रिया पुरा गर्न नसकेको स्वीकार गर्दै त्यसमा अनियमितता नभएको प्रस्ट पारेका छन् । उनले विद्यालयको खातामा पैसा छ नगरपालिकामा अनियमितता भयो भन्दा पत्रकारले बुझेर लेख्दिएको भए आभारी हुने थियाँै रकम फ्रिज गएको भए पनि विद्यालयका शिक्षक विद्यार्थीले गाली गर्थे खातामा हालेर सेनेटरी प्याड खरिद गर्नु भन्दा नगरपालिकामा माथीनै प्रश्न चिन्ह खडा गर्नु कुनै तुक नभएको स्पष्ट पारेका छन् । हामीले सफा नियतले नै काम गरेका हौँ त्यसमा कानुनी समस्या होला तर नगरपालिकाले आफै चेक काटेर खरिद गरिए जस्तो गरियो त्यो कदापि राम्रो होइन ।

नारायण नगरपालिकाका केही प्रधानध्यापकहरुले नै दाभासे कुरा गर्दा समस्या उत्पन्न भएको जनाइएको छ । नगर प्रमुख खड्काले भने पत्रकारले जुन प्रधानध्यापकको स्रोत राखेर लेख्नुभयो उहाँहरूले नै प्रअ बैठकमा नगरपालिकाले फ्रिज जाने रकम विद्यालयमा हालेर राम्रो काम गरेको भन्नुभयो । अव केका आधारमा कसको विश्वास मान्ने अन्योलमा परेको बताउनुभयो ।