Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

भगवतिमाई गाउँपालिकामा सलहले ३५ प्रतिशत बाली नष्ट

दैलेख :  कर्णाली प्रदेशको ९ जिल्लामा प्रवेश गरेको सलहले दैलेखमा मात्र ३५ प्रतिशत मकै तथा धान बाली नष्ट गरेको छ । कृषि विकास कार्यालयका अनुसार सलह एक साता अघि दैलेखको पश्चिम क्षेत्र बाट पूर्वमा गएको सलहले ३५ प्रतिशत बालीमा क्षति पुगेको जानकारी दिएको छ ।
दैलेखका कार्यालय निमित्त कार्यालय प्रमुख तिलक पाण्डेका अनुसार जिल्लामा सलहले सबै भन्दा बढी भगवतिमाई गाउँपालिकाको वडा १,२,३,४ मा बढी क्षति पु¥याएको बताए । उनले किसानले सलहका कारण मकै बाली तथा धान बाली नष्ट गरेको खबर गरेपछि कृषि विकास कार्यालय दैलेख बाट प्राविधिक टोली पठाएर क्षतिको विवरण संकलन गरिरहेको बताए । अहिले सम्म जिल्लाको भगवतिमाई गाउँपालिकामा मात्र क्षति गरेको भन्ने खबर प्राप्त भएको छ उनले भने जिल्लाका ११ वटै स्थानीय तहमा प्राविधिक टोली पठाएर क्षतिको तथ्याङ्क संकलन सुरु गर्ने तयारीमा छौ सलह लामो समय एकै ठाउँमा नबस्ने भएकाले पनि कहाँ कति क्षति ग¥यो भन्ने यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए ।
सलह ठुलो सङ्ख्यामा कर्णाली प्रवेश गरेको छ, उहाँले भने भन्नुभयो सलहको केही झुन्ड पहिले बसेको ठाउँबाट अहिले अन्त सरिसकेको छ, किसानले थाल, ड्रम बजाएर र धुवाँ लगाएर सलह भगाउन उपाय लगाएर सलह धपाउन खोजे पनि नसकेपछि खाए खाओस् भनेर छोडेको अवस्था छ । भगवतिमाई गाउँपालिका वडा २ का किसान राम बहादुर शाहीले लगाएको कमै बाली र धान बालीमा समेत क्षति गरेपछि यो वर्ष भरी पुग्ने खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहेको बताए । उनले लगाएको मकै,कोदो र धान बालीमा बढी नष्ट गरेको बताए । गाउँपालिकाका वडा नः १ का किसान रवीन्द्र अधिकारीले कोरोनाका कारण अन्य आम्दानी पनि नभएको र लगाएको बाली सलहले नष्ट ग¥यो । एक त ३ महिना देखी ५ महिना सम्म खाना पुग्ने किसानलाई अव १२ महिना के खाने भन्ने समस्याले पिरोलेको बताए ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले सलह किरा धपाउन किसानले विभिन्न उपायहरू अवलम्बन गर्दा समेत सलह भगाउन नसकेको बताए । उनले केही किसालले दुई बोरो सलक छोपेर खोलामा बगाएको बताए ।उनले भने किसालले लगाएको बाली मकै ,धान खेती र कोदो खेतीमा क्षति गरेको छ किसान चिन्तित बनेका छन् गाउँपालिकाले पनि सबैलाई राहत दिन सक्ने अवस्था नभएका कारण क्षतिको विवरण आएपछि अन्य निकाय सँग समन्वय गर्ने तयारीमा लागेका छौ ।