Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

युवा संघ र अनेरास्ववियुले बुझायो ज्ञापन पत्र


दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल दैलेख र अनेरास्ववियू दैलेखले भारतले नेपालको सिमाना मिचेर लिपुलेकमा निर्माण गरेको सडकको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । भारतले गत शुक्रबार लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई लिएर युवा संघ नेपाल दैलेख र अनेरास्ववियु दैलेखले प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाएको हो ।
युवा संघ नेपालका केन्द्रिय सदस्य जनक न्यौपानेले भारतले नेपालको भुमिमा पटक पटक हस्तक्षेप गर्ने गरेका कारण त्यसको दिर्घकालिन समधान खोज्न नेपाल सरकारले बिशेष कदम चाल्नु पर्ने माग गरेको बताए । उनले भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्सा खारेजी गर्न र नेपाली भूमिमा बनाएको सडक सञ्चालनमा रोक लगाउनु पर्ने र अन्यथा युवा संघ नेपाल र अनेरास्ववियु कडा रुपमा प्रतिबाद गर्न तयार रहेको बताए । अनेरास्ववियू दैलेखका सह–संयोजक हेमन्त दसौदीले सिमा रक्षाका लागि सिमानामा सुरक्षा फौज राख्नुपर्ने, सिमा सम्बन्धि समस्याको दिर्घकालिन रुपप समाधान गर्न उच्च तहमा निर्णायक पहल गरिनुपर्ने बताए ।