Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

कुटनीतिक पहल थाल्न सरकार संग माग

दैलेख : नेपाल बिद्यार्थी संघ दैलेखले भारतले अतिक्रमण गरि निर्माण गरिएको सडक तत्काल बन्द गर्न माग राख्दै त्यसको दिर्घकालिन समधानका लागि नेपाल सरकारले कुटनितिक पहल थाल्न नेपाल सरकार संग माग गरेको छ । भारतले गत शुक्रबार लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई लिएर बिरोधमा उत्रिएको नेबिसंघले सरकारले उच्च स्तरिय कुटनीतिक पहल गर्ने तथा सवै खाले दबाब सृजना गरी तुरुन्त भारतलाई गल्ती सच्याउन बाध्य बनाउनुपर्ने माग गरेको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आफुलाई प्राप्त भएको ज्ञापन पत्र आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए । नेपाल बिद्यार्थी संघका नेता सुशील देउजाले भारतले नेपाली भुमि अतिक्रमण गरि सकड निर्माण गरेर शिलन्यास गर्दा समेत सरकार मुख दर्शक बनेर बसेको भन्दै तत्काल सरकारका तर्फ बाट पहल गर्न  माग गरिएको बताए ।

error: Content is protected !!