Loading... आजः आइतवार, माघ ११, २०७७
Trending

परिक्षणको दायरा बढाए सँगै थपिँदै सङ्क्रमित

आजै मात्र पु्ष्टि हुनेको संख्या ८३


काठमाडौ : नेपाल सरकारले कोभिड–१९ को परीक्षणको दायरा बढाए सँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ । सरकारले कोभिड–१९ को परीक्षण गर्नका ७ वटै प्रदेशमा आवश्यक पर्ने किट उपलब्ध गराएपछि सङ्क्रमित पनि थपिदै गएका छन । । मंगलबार साझ  २६ जना दिउसो मात्रै ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेको बताए उनले पहिलेको तुलनामा परीक्षणलाई धेरै नै गरेको कारण सङ्क्रमित संख्या पनि बढ्दै गएको बताए । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । त्यसपछि दोस्रो सङ्क्रमण त्यसको दुई महिनापछि चैत १० गते देखिएको थियो । ती दुवै सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किसकेका छन् । अहिलेसम्म ३३ जना घर फर्किसकेका छन् । अहिले १९ ठाउँमा पिसिआर र ७७ जिल्लामा आरडिटी परीक्षण गर्न थालिएको छ ।

error: Content is protected !!