Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु

नयाँदिल्ली

मालबाहक रेलले किच्दा शुक्रवार भारतमा १६ जना आप्रवासी मजदूरको मृत्यु भएको छ । भारतको औरंगाबाद–जालना रेलवे लाइनमा भएको उक्त दुर्घटना विहान ६:३० बजे भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अरु केही मजदूरहरु घाइते भएको भारतीय टीभी च्यानले आजतकले आफ्नो वेबसाइटमा समाचार छापेको छ । उनीहरु छत्तीसगढस्थिट घरमा पैदल जाँदै थिए र उनीहरु ३६ किलोमिटरको पदैल यात्रापछि केहि वेर सुस्ताउने क्रममा रेलको लिकमा बसेका थिए । ती सबै आप्रवासी मजदूरहरु निरन्तरको लकडाउनमा फसेपछि आफ्नो घर जाँदै थिए। घटनापछि स्थानीय प्रशासन र रेल अधिकारीहरु घटनास्थलमा पुगेका थिए । मुख्यमंत्री शिवराज सिंह चौहानले मृतक मजदूरको परिवारलाई राहतस्वरुप ५ ५ लाख रुपये दिने घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रवीट गर्दै औरंगाबादमा भएको उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले रेल मन्त्रि पीयूष गोयललाई टेलिफोन गर्दै घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । भारतमा मार्च २६ देखि कोरोना भाइरसका कारण लकडाउन जारी रहेको छ । उद्योगधन्दा ठप्प छन् । जसका कारण लाखौं मजदूर बेराजगार छन् । जब भारत सरकारले लकडाउन जारी गर्यो तवदेखि आप्रवासी मजदूरहरु आफ्नो घर जानबाट बञ्चित भए ।लकडाउन जारी रहँदा बेरोजगारका साथै बेखर्ची भएपछि त्यहाँका आप्रवासी मजदूरहरु कयौं दिनको पैदल यात्रा गरेर घर फर्किरहेका छन् । एजेन्सीको सहयोगमा